२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तिम चरणतिर पुग्दै गर्दा प्लेअफको तस्वीर झन् रोचक बन्दै गएको छ। तीन टोलीको स्थान पक्का भइसकेको छ भने अब बाँकी रहेको एकमात्र स्थानका लागि चार टोलीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।

सुदूरपश्चिम रोयल्स ६ खेलमै अपराजित रहँदै १२ अंकसहित पहिलो क्वालिफायरमा पुगिसकेको छ। दोस्रो स्थानमा रहेको काठमान्डु गोर्खाजले बिहीबार पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफ सुरक्षित गर्‍यो। उता सुदूरपश्चिमले चितवनलाई पराजित गरेपछि विराटनगर किंग्स पनि ८ अंकसहित तेस्रो टिमका रूपमा प्लेअफ पुगेको छ।

अपराजित सुदूरपश्चिम, बलियो लयमा

ब्याटिङदेखि बलिङ र फिल्डिङसम्म सुदूरपश्चिम रोयल्सको प्रदर्शन उत्कृष्ट देखिएको छ। ६ खेलमा लगातार जितले टोली आत्मविश्वासमा छ। विदेशी र घरेलु खेलाडीको संयोजन सफल देखिँदा प्रशिक्षक जगत टमटा यो लय प्लेअफसम्म जारी रहनेमा विश्वस्त छन्।

काठमान्डु गोर्खाज : मोन्टी देसाईको रणनीति 

पहिलो संस्करणमा रन–रेटका कारण प्लेअफ छुटाएको काठमान्डु गोर्खाज यसपटक नयाँ प्रशिक्षक मोन्टी देसाईको योजनाले चम्किएको छ। पाँच जितसहित १० अंक बटुलेर प्लेअफ सुरक्षित गर्ने क्रममा भीम सार्कीलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे।

चितवनको हारपछि विराटनगरलाई  ‘राहत’, एक खेल अघि नै प्लेअफमा प्रवेश

सुदूरपश्चिमसँग चितवन राइनोज पराजित भएपछि विराटनगर किंग्सले सिधै प्लेअफ यात्रा पक्का गर्‍यो। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा विराटनगरले ८ अंक जोड्दै अन्तिम खेल बिना दबाब खेल्ने अवसर बनाएको छ।

चार टिम, एक स्थानका लागी प्रतिस्पर्धा

अब बाँकी रहेको चौथो स्थानका लागि ४ टोली प्रतिस्पर्धामा छन्:

  • लुम्बिनी लायन्स – ६ अंक

  • पोखरा एभेन्जर्स – ४ अंक

  • चितवन राइनोज – ४ अंक

  • जनकपुर बोल्ट्स – २ अंक (एक खेल कम)

लुम्बिनी सबैभन्दा बलियो स्थिति मै छ। जनकपुरलाई हराउन सके लुम्बिनी चौथो टिम बन्नेछ। तर जनकपुरले जित निकाल्न सके प्लेअफ समीकरण झन् जटिल र रोमाञ्चक बन्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय