२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई मन्त्री बन्ने विषयमा मिडिया ट्रायल नगर्न निर्देशन दिएका छन्।

बुधबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति लामिछानेले जनताले ठूलो भरोसा र आशाका साथ दिएको मतको सम्मान गर्दै सकारात्मक परिवर्तनतर्फ केन्द्रित हुन सांसदहरूलाई आग्रह गरे। उनले नागरिकसँग गरिएका प्रतिबद्धता पूरा गर्न विशेष ध्यान दिन पनि सुझाव दिए।

सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति नदिन र जनताले दिएको अभिमतलाई हल्का रूपमा नलिन चेतावनी दिए। देशका संवेदनशील विषय, विशेषगरी अर्थतन्त्रजस्ता क्षेत्रमा हल्का टिप्पणीले पार्टीप्रतिको विश्वास कमजोर बनाउन सक्ने भएकाले सचेत रहन उनले आग्रह गरे।

उनले संसद् नचलेका दिनहरूमा आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय रहन र जनताको समस्या बुझ्न पनि निर्देशन दिए। साथै मन्त्री चयनका विषयमा पार्टीभित्र हालसम्म कुनै छलफल वा निर्णय नभएको स्पष्ट पार्दै यसबारे अनावश्यक प्रचारबाजी नगर्न आग्रह गरे।

रास्वपाका समर्थकहरूलाई लिएर हुने अराजक र असहिष्णु व्यवहारबारे आउने टिप्पणीप्रति पनि उनले ध्यानाकर्षण गराए। सामाजिक सञ्जालमा गालीगलौज नगर्न र जिम्मेवार रूपमा प्रस्तुत हुन उनले सबैलाई निर्देशन दिए।

सभापति लामिछानेले अहिलेको जित केवल पार्टीको नभई देशको भएको उल्लेख गर्दै सुशासन स्थापना र आर्थिक समृद्धिका लागि निरन्तर काम गर्नुपर्नेमा जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय