२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा बजेट दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाले अभिनेता राजेश हमालको निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र निर्माण गर्ने भन्दै नियमविपरीत १५ लाख रुपैयाँको सम्झौता गरेको थियो। त्यसपछि करिब १२ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ।

यस प्रकरणमा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउदविरुद्ध मुद्दा दायर गरिएको छ। चलचित्र निर्माणको जिम्मा पाएको आरजे ट्वान्टी फोर न्यूज तथा नव इन्द्रेणी फाउण्डेशन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल)लाई पनि प्रतिवादी बनाइएको छ।

चारै जनाविरुद्ध जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो मागदाबी गरिएको छ।

अभियोगपत्रअनुसार २० प्रतिशतसम्म मात्र पेस्की दिन मिल्ने कानुनी व्यवस्था हुँदाहुँदै गाउँपालिकाले ५८ प्रतिशतसम्म पेस्की दिएको छ। साथै, चलचित्र निर्माणका लागि घर भाडा र अन्य खर्चका नाममा नक्कली तथा झुट्टा बिल पेस गरी भुक्तानी लिएको आरोप पनि लगाइएको छ।

त्यस्तै, हिउँदे अधिवेशनबाट कार्यक्रम संशोधन र रकमान्तर गरी सेटिङमा हिनामिना गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय