
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन स्वतः भइरहेको बताएका छन्। उनले आज पत्रकारहरूसँग अमेरिकी कारबाहीले इरानका शीर्ष अधिकारीहरूलाई मारेपछि वार्ता गर्ने कोही बाँकी नै नभएको बताएका छ्न । उनले भनेका छ्न “हामीले सबै खारेज गरिसकेका छौं,” त्यसैले स्वतः शासन परिवर्तन भइरहेको छ।”
ट्रम्पले अमेरिकाको वार्ता इरानी प्रतिनिधिहरूसँग राम्रो भइरहेको बताए। उनले ती वार्तालाई ‘दमदार र मजबुत’ भनेका छन् र दुवै पक्षले ‘मुख्य समझदारीका बुँदाहरू’मा सहमति पुगेको बताएका छन्त र यदि वार्ता असफल भयो भने अमेरिकी कारबाही जारी रहने पनि स्पष्ट पारे।
“यदि वार्ता सफल भए, यो समस्या र द्वन्द्व अन्त्य हुनेछ। नभए, हामी हाम्रो कारबाही जारी राख्नेछौं,” ट्रम्पले भने।
ट्रम्पका अनुसार अमेरिकाले इरानका नयाँ सुप्रीम लिडर मोजताबा खमेनीसँग वार्ता गरिरहेको भने छैन। उनले कससँग वार्ता भइरहेको हो भन्ने नाम सार्वजनिक गरेनन् तर उनको अनुसार सम्मानित व्यक्तिहरूसँग कुरा भइरहेको छ, जसले अमेरिकालाई आवश्यक समाधान दिन सक्छ।
उनले इरानसँग स्पष्ट शर्तहरू राखेको वताएका छन् । अमेरिकाले इरानलाई आफ्ना आणविक हतियार कार्यक्रम पूर्ण रूपमा त्याग्न, मिसाइल क्षमतामा कटौती गर्न, र पश्चिम एशियाका लागि व्यापक शान्ति ढाँचामा सहमति जनाउन प्रस्ताव गरेको बताएका छ्न ।
ट्रम्पका अनुसार अमेरिकाले हाल समुद्रमा रहेका इरानी तेल ट्याङ्करमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ। ट्रम्पका अनुसार यो विशुद्द आर्थिक निर्णय हो तर ट्रम्पले यो कदमको कुनै रणनीतिक महत्त्व नरहेको पनि औंल्याए। “इरानले जे सानो रकम पायो, त्यसले यस युद्धमा खास फरक पार्दैन,”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारमाथि हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् तर इरानी सञ्चारमाध्यमहरूले भने ट्रम्पसँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नभएको दाबी गरेका छन्।
यो बयान इरान–अमेरिका बीचको तनाव र वार्तामा आएको नयाँ मोडलाई देखाउँछ। अमेरिकी कारबाही र इरानी प्रतिकारबीचको द्वन्द्व अझै संवेदनशील रहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
