२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

कारोबारको चौथो दिन बुधबार सुनको मूल्य अचानक बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १४ हजार ६ सय रुपैयाँले बढेर दुई लाख ८८ हजार ५ सय रुपैयाँमा पुगेको छ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला ४१५ रुपैयाँले बढेर ४९२० रुपैयाँमा कारोबार भइरहेको छ। प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४७ हजार ३ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४२१८ रुपैयाँ कायम भएको छ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा र विदेशी मुद्रा दरको उतारचढावका कारण नेपालमा सुन र चाँदीको मूल्यमा यस्तो वृद्धी भएको हो।

सुन र चाँदीमा भएको मूल्य वृद्धिले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर पार्नेछ। धेरैले अहिले सुन खरिदमा सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय