
चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई पदभार सम्हालेको अवसरमा बधाई दिएका छन्।
शुक्रबार पठाइएको सन्देशमा वाङले नेपाल र चीनबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गरेका छन्। सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशले सुख–दुःखमा एकअर्कालाई साथ दिँदै आएको उनले बताएका छन्।
उनले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा निरन्तर अगाडि बढिरहेको पनि उल्लेख गरेका छन्। साथै, दुई देशबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न चीन तयार रहेको सन्देशमा जनाइएको छ।
वाङले नेपालसँग सहकार्यलाई अझ सुदृढ बनाउँदै दीर्घकालीन मैत्रीमा आधारित चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पुर्याउन चीन प्रतिबद्ध रहेको बताएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
