२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

सरकारले संवत् २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रभावित परिवार र नागरिकहरूको न्याय, पुनर्स्थापना र राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न एकीकृत पहल अघि बढाउने निर्णय गरेको छ।

सरकारले सार्वजनिक गरेको कार्यसूचीअनुसार उक्त आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेहरूको तथ्याङ्क संकलन र प्रमाणीकरण गर्ने काम प्राथमिकतामा राखिएको छ। त्यसपछि उनीहरूको सम्मानजनक पुनर्स्थापना, जीवनयापनको सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्ने योजना अघि सारिएको छ।

यस पहलअन्तर्गत प्रभावित व्यक्तिहरूलाई १०० दिनभित्र योग्यताअनुसार सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराउने उल्लेख गरिएको छ। साथै, उनीहरूका लागि सीप विकास कार्यक्रम सञ्चालन गर्ने, मनोसामाजिक परामर्श प्रदान गर्ने तथा पुनर्स्थापनासम्बन्धी सहयोग उपलब्ध गराउने व्यवस्था समेत समेटिएको छ।

सरकारले यो सम्पूर्ण कार्यक्रमलाई समेटेर एक समन्वित प्याकेज कार्यान्वयन गर्ने जनाएको छ, जसले आन्दोलनबाट प्रभावित व्यक्तिहरूलाई दीर्घकालीन राहत र स्थायित्व दिने लक्ष्य राखेको छ।

त्यसैगरी, उक्त आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षमाथि प्रचलित कानूनअनुसार आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाइने पनि कार्यसूचीमा उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय