२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज एमालेका नेता र कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ज्ञापन-पत्र बुझाएका छन्।

कार्यकर्ताहरूको दाबी छ कि जेनजी आन्दोलनको क्रममा दमन भएको आरोपमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री ओलीमाथि प्रतिशोधको उद्देश्यले कारबाही गरिएको हो। उनीहरूले देशभरका अन्य जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन-पत्र बुझाउने तयारी गरेका छन्।

यसअघि, गौरिबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सिफारिस गरेको आधारमा शनिबार पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको थियो। आजै पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई पनि पक्राउ गरिएको छ।

ज्ञापन-पत्र बुझाउन आएका नेता र कार्यकर्ताहरूसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले भेटवार्ता गरेका थिए। सीडीओ पौडेलले राजनीतिक विषयमा प्रशासन प्रवेश नगर्ने स्पष्ट पार्दै भने, “हामी राजनीतिक विषयमा बिल्कुलै प्रवेश गर्दैनौं। हाम्रो न्युट्रालिटीअनुसार काम अघि बढ्छ।”

प्रदर्शनको क्रममा केही हिंसात्मक घटना भएको भन्दै प्रजिअ पौडेलले त्यसमा संलग्नलाई कानुन अनुसार कारबाही गरिने पनि बताए। साथै, सुरक्षाकर्मीलाई संयमित हुन निर्देशन दिइएको र एमाले नेता–कार्यकर्ताहरूलाई पनि संयमित रहन आग्रह गरिएको छ।

शनिबार अध्यक्ष ओली पक्राउ परेपछि देशभरका विभिन्न स्थानमा एमालेका कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै आएका छन्। माइतीघर–बिजुलीबजार खण्डमा शनिबार प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना पनि भएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय