२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ।

जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ठूलो मानवीय क्षति भएको घटनाको समयमा रिजाल जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा रहेका थिए। सोही घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस प्रकरणमा यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सोही आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। आयोगले रिजालमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

कार्की आयोगको प्रतिवेदनमा तत्कालीन प्रशासनिक तथा सुरक्षा निकायका पदाधिकारीहरूको हेलचेक्र्याइँका कारण किशोरकिशोरीको ज्यान गएको ठहर गरिएको छ। सोही आधारमा मुलुकी अपराध संहिता, २०७४ को दफा १८२(१) अनुसार कानुनी कारबाहीको सिफारिस गरिएको छ।

आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र सीडीओ छविलाल रिजालमाथि अनुसन्धान गरी अभियोजन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार जेन–जी समूहले आयोजना गरेको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिमा सम्बन्धित पदाधिकारीहरूको जिम्मेवारी र भूमिकाको आधारमा उनीहरूलाई जवाफदेही बनाइनुपर्ने देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय