२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

वैदेशिक रोजगारीमा जाने कामदारले अब सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत मंगलबार बसेको मन्त्रिस्तरीय बैठकले यस्तो निर्णय गरेको हो। मन्त्री दीपककुमार साहको नेतृत्वमा बसेको बैठकले स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाका लागि सूचीकरण प्रक्रिया खुला गर्ने निर्णय पनि गरेको छ।

मन्त्रालयका अनुसार स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ अनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ।

यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुँदै आएको थियो। मन्त्रालयको मापदण्डअनुसार हाल १९४ स्वास्थ्य संस्थाले नवीकरण गरी सेवा दिँदै आएका छन्।

नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारको निर्णय सकारात्मक भए पनि निजी स्वास्थ्य संस्था तथा व्यवसायीलाई पनि समेट्ने गरी व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय