२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट |

सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार पार्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको बहस अघि बढाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

 उनी पूर्व प्रतिनिधिसभा सदस्यसमेत हुन्। कार्यदलले संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने जिम्मेवारी पाएको छ।

तर, उक्त निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विवाद सुरु भएको छ। असिम शाहका पुराना अभिव्यक्तिहरू बाहिरिएपछि आलोचना बढेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका पुराना पोस्टहरूमा उनले ‘देश सुधारका लागि राजालाई मौका दिनुपर्ने’ जस्ता धारणा राखेको उल्लेख छ।

यस विषयले संविधान संशोधन जस्तो संवेदनशील विषयमा नेतृत्व चयनबारे प्रश्न उठाएको छ। केही संवैधानिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरूले संविधानको मर्म र सिद्धान्तबारे गहिरो ज्ञान नभएका तथा विगतमा राजतन्त्र समर्थक धारणा राखेका व्यक्तिलाई यस्तो जिम्मेवारी दिनु उपयुक्त नहुने टिप्पणी गरेका छन्।

यससँगै सरकारको निर्णयको उद्देश्य, विश्वसनीयता र योग्यतामाथि सार्वजनिक बहस सुरु भएको छ। संविधान संशोधन प्रक्रियामा कस्तो नेतृत्व आवश्यक हुन्छ भन्ने विषयमा पनि विभिन्न धारणा सार्वजनिक भइरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय