२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा पुनः उल्लेख्य वृद्धि देखिएको छ। आज मात्र सुनको भाउ प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी पनि १०० रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ८४५ रुपैयाँमा किनबेच भएको थियो।

सोमबार सुनको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ७०० रुपैयाँमा कायम थियो। त्यसअघि आइतबार सुन २ लाख ८६ हजार रुपैयाँ र चाँदी ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारको प्रभाव पनि स्थानीय बजारमा देखिएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन ४ हजार ७०५ अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको छ।

लगातार बढ्दो मूल्यले बजारमा सुन खरिद गर्ने उपभोक्तामाथि थप दबाब परेको छ भने लगानीकर्ताहरूको ध्यान पनि सुनतर्फ केन्द्रित हुन थालेको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय