२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो। सोहीअनुसार संवैधानिक व्यवस्थाबमोजिम वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी हुन्।

नेपालको संविधानले प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरेको छ।

यद्यपि स्थायी प्रधानन्यायाधीश नियुक्तिका लागि आवश्यक प्रक्रिया भने अझै बाँकी रहेको छ। संवैधानिक परिषद् पूर्ण हुन बाँकी रहेकाले नयाँ प्रधानन्यायाधीश नियुक्ति केही समय लाग्ने देखिएको छ।

संसद् सञ्चालन, संसदीय सुनुवाइ तथा राष्ट्रपतिबाट नियुक्तिपछि मात्रै स्थायी प्रधानन्यायाधीशको टुंगो लाग्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय