२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ।

सार्वजनिक यातायातको नयाँ सेवा ललितपुर र काठमाडौंको विभिन्न मार्गमा उपलब्ध हुनेछ। ललितपुरतर्फको रुटमा लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्मको १६ किलोमिटरको एकतर्फी मार्ग समावेश छ।

पूर्व–पश्चिम मार्गमा थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्मको २० किलोमिटरको मार्ग समेटिएको छ। यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बसहरू सञ्चालन हुनेछन्।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार, “बेलुका ८ बजेपछि सार्वजनिक यातायात नहुँदा विद्यार्थी, महिलासहित सबैले असुविधा भोग्दै आएका छन्। यसलाई सुधार्न र सुरक्षित सेवा दिन हामी लागिपरेका हौँ।”

सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। बसहरू तोकिएको स्टपमा हरेक २० मिनेटमा आउँछन्। सबै बसमा सीसीटीभी क्यामरा राखिनेछ र सुरक्षाका लागि नगर प्रहरी पनि तैनाथ रहनेछन्।

कार्यवाहक प्रमुख डंगोलले सेवालाई अत्याधुनिक, सहज, सुरक्षित, भरपर्दो र दिगो बनाउने लक्ष्य रहेको बताइन्। उनले साझेदारहरूसँग सहकार्य गरेर यो लक्ष्य पूरा गर्ने तयारी रहेको पनि जानकारी दिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय