२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने | व्यवसायी दीपक भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान | ओली–लेखक पक्राउको विरोधमा प्रतिनिधिसभामा एमालेको आपत्ति | एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित एसईईको कपी जाँच आजैदेखि | काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका |

माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षणको काम आजदेखि सुरु गरिएको छ।

पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको थियो। सोही विषयको उत्तरपुस्तिका आजैदेखि परीक्षण गर्न थालिएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन्।

आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिएको थियो। परीक्षा सम्पन्न भएसँगै सोही परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको हो।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार, जुन विद्यालयका विद्यार्थी हुन्, सोही विद्यालयका शिक्षकलाई ती विद्यार्थीको उत्तरपुस्तिका जाँच गर्न नदिने व्यवस्था गरिएको छ। शिक्षा विकास इकाइबाट खटाइएका शिक्षकहरूको सूची केन्द्राध्यक्षलाई उपलब्ध गराइन्छ र सोही सूचीका आधारमा परीक्षण कार्य अघि बढाइन्छ।

केन्द्राध्यक्षको समन्वयमा अन्य विद्यालयका शिक्षकलाई उत्तरपुस्तिका जाँचको जिम्मा दिइने व्यवस्था गरिएको उनले बताए।

यसैगरी, अन्य विषयका उत्तरपुस्तिकाहरू पनि क्रमशः परीक्षण गरिनेछन्। परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय