
श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । सम्बोधनका क्रममा उनले व्यक्तिगत भावना भन्दा जनताका माग प्रस्तुत गर्न चाहेको उल्लेख गरे ।
‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी अहिले के गरिरहेका छौं र भोलि के गर्नुपर्छ भन्नेबारे जनताका माग राख्न चाहन्छु,’ उनले भने, ‘देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको असमान र राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भन्ने मेरो माग छ ।’
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
