२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

जिल्ला अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले उक्त म्याद स्वीकृत गरेको हो। अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार भट्टमाथि थप अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति दिइएको हो।

यसअघि, सम्पत्ति शुद्धीकरण अनुसन्धानकै क्रममा अध्यागमन विभागले चैत १७ गते भट्टलाई कालोसूचीमा राखेको थियो। त्यसपछि विभागले उनको पासपोर्ट रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार गरेको थियो।

उक्त प्रकरणसँगै जोडिएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार पक्राउ गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय