२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सामाजिक सञ्जालमार्फत गरिएको साइबर बुलिङ घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय साइबर ब्यूरोका अनुसार रौतहटको गुजरा क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान नियन्त्रणमा लिइएको हो। उनलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित साइबर ब्यूरो कार्यालयमा ल्याउने तयारी गरिएको छ।

प्रहरीका अनुसार यो प्रकरण अमिशा पराजुलीले दिएको उजुरीसँग सम्बन्धित हो। पराजुलीले सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै साइबर बुलिङ गरिएको भन्दै प्रमाणसहित उजुरी दर्ता गराएकी थिइन्।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। आवश्यक प्रमाण संकलन गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि जानकारी दिइएको छ।

यसैबीच, उक्त घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। सम्बन्धित गतिविधिमाथि सुरक्षा निकायले निगरानी बढाएको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय