२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक शान्ति सुरक्षा कायम गर्न सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत ६० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

शनिबार राति गरिएको उक्त अप्रेसनमा शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न तथा शङ्कास्पद व्यवहार देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि विभिन्न कसुरमा अनुसन्धान गरिनेछ र आवश्यकताअनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ।

ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रहरी इकाइहरू परिचालन गरेर अप्रेसन सञ्चालन गरिएको थियो। सार्वजनिक स्थानमा होहल्ला गर्ने, समूहमा बसेर गलत गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने तथा शान्ति सुरक्षा भङ्ग गर्ने खालका गतिविधिमा संलग्न देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

एसपी खड्काका अनुसार नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले पनि यस्तो अप्रेसन सञ्चालन गरिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय