
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
यसअघि सर्वोच्च अदालतले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी पक्षले लिखित जवाफ पेश गरिसकेको अवस्थामा आज सुनुवाइ हुन लागेको हो।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो।
उक्त पक्राउ गैरकानुनी भएको दाबी गर्दै दुवै नेताले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। त्यसपछि चैत १६ गते छुट्टाछुट्टै इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
यस रिट निवेदन ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले दायर गरेका हुन्। उनीहरूले भदौ २३ र २४ का घटनासम्बन्धी आयोगको प्रतिवेदनका आधारमा गरिएको पक्राउ र थुनालाई गैरकानुनी ठहर गर्दै तत्काल थुनामुक्त गर्न माग गरेका छन्।
आजको सुनुवाइबाट अदालतले थुनाको वैधता सम्बन्धमा निर्णय दिने अपेक्षा गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
