
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख पदका लागि चुनाव हुनुपर्ने बताएका छन्।
उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको उल्लेख गर्दै उनले पदका लागि बार्गेनिङ नभई प्रत्यक्ष प्रतिस्पर्धा हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
उनले भनेका छन्, ‘उपसभामुखको चुनाव हुनेछ, छलफल गर्नुस्, बार्गेनिङ होइन।’
उपसभामुख पदका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको छ। यस पदमा श्रम संस्कृति पार्टीसहित नेपाली कांग्रेस, नेकपा र राप्रपाले पनि दाबी गर्दै आएका छन्।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग झन्डै दुई तिहाइ बहुमत रहेको अवस्थामा उसले समर्थन गर्ने पक्षको जित सुनिश्चित हुने देखिएको छ।
रास्वपाले श्रम संस्कृति पार्टी वा राप्रपामध्ये कुनै एक दललाई समर्थन गर्न सक्ने सम्भावना रहेको बताइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
