२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको बताएका छन्।

हिरासतबाट रिहा भएपछि प्रतिक्रिया दिँदै उनले सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएको तर मुद्दा चलाउन आवश्यक प्रमाण नपुगेपछि आफू रिहा भएको उल्लेख गरेका छन्।

प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरेको भन्दै उनले प्रहरी प्रशासनप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि आभार प्रकट गरेका छन्।

ओलीले आफ्नो रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका व्यक्तिहरूमाथि भएको दमनप्रति चिन्ता व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उपचार खर्च राज्यले बेहोर्नुपर्ने उनको भनाइ छ। राज्यले बेवास्ता गरे पार्टीले नै खर्च व्यहोर्ने जानकारी पनि उनले दिएका छन्।

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गर्ने योजना रहेको ओलीले बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय