२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको सन्दर्भमा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायलाई सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई विशेष गरी आइतबारको दिन बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र उपलब्ध जनशक्तिको आधारमा सेवा सञ्चालनको व्यवस्थापन गर्नुपर्नेछ।

मन्त्रालयले यस्तो व्यवस्था गर्दा कर्मचारीलाई शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने प्रबन्ध मिलाउन र यदि बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराएर सेवा निरन्तरता कायम गर्नुपर्ने स्पष्ट पारेको छ।

यसका साथै संघीय स्वास्थ्य मन्त्रालयले प्रादेशिक अस्पतालहरू तथा सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई पनि सोही अनुसार व्यवस्था मिलाउन अनुरोध गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय