२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्री लम्साल र उनको परिवारको नाममा विभिन्न स्थानमा जग्गा, नगद, सुन र चाँदी रहेको उल्लेख गरिएको छ।

विवरणअनुसार मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ। साथै बैंक खातामा ९० लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरिएको छ। सो रकम कुन बैंकमा रहेको भन्ने भने स्पष्ट खुलाइएको छैन।

परिवारको नाममा रहेको सम्पत्तिअन्तर्गत जमुना लम्सालको नाममा रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ मा १ कठ्ठा १० धुर जग्गा रहेको छ। त्यस्तै नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर जग्गा पनि उनको नाममा रहेको विवरणमा देखाइएको छ।

त्यस्तै, बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको विवरणमा उल्लेख गरिएको छ।

मन्त्री लम्सालको सेयर बजार तथा अन्य लगानीसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय