२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गरेको छ।

दूतावासका अनुसार ३० चैत र १ वैशाखमा उद्धार गरिएका उनीहरूलाई नेपाल फर्काइएको हो।

प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका नेपालीहरू अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमा हुने अनलाइन ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको पाइएको दूतावासले जनाएको छ। तीमध्ये केही नेपाली बिनाभिसा बसिरहेको अवस्थामा पनि फेला परेका थिए।

दूतावासले कम्बोडियामा रहेका अन्य नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फर्काउने प्रक्रिया अघि बढिरहेको जानकारी दिएको छ। त्यहाँ रहेका नेपालीहरू अनलाइन ठगीलगायत गैरकानुनी कार्यमा लगाइएका र भिसा अवधि नाघेर बसिरहेको विवरण प्राप्त भएको दूतावासले जनाएको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा नेपालीहरूको आगमन उल्लेख्य रूपमा बढेको देखिएको छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएका थिए भने २०२२ मा १९७७, २०२३ मा २९४०, २०२४ मा ६४०४ र २०२५ मा ९६७६ जना पुगेको तथ्यांकमा उल्लेख छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय