२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयलाई नमानेर भोलिदेखि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ।

उपमहानगरका मेयर गोपाल हमालले बिहीबार सूचना जारी गर्दै वैशाख ४ गतेदेखि भर्ना अभियान सुरु गर्न र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएका हुन्।

संघीय सरकारअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले चैत २६ गते सबै स्थानीय तहलाई पत्राचार गर्दै वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने तालिका तय गरेको थियो।

तर धनगढी उपमहानगरपालिकाले उक्त तालिका कार्यान्वयन नगर्ने निर्णय गरेको छ। उपमहानगरका अनुसार सरोकारवालाबाट प्राप्त सुझावका आधारमा यस्तो निर्णय गरिएको हो।

सूचनामा उल्लेख भएअनुसार, संघीय तालिकाअनुसार ढिलो भर्ना र पठनपाठन सुरु गर्दा विद्यार्थीको अध्ययन प्रभावित हुने, वार्षिक कार्यघण्टा नपुग्ने तथा शिक्षाको गुणस्तरमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

यही कारण नगर शिक्षा समितिको बैठकले उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई वैशाख ४ देखि ११ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न र वैशाख १४ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय