२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

लेबनान र इजरायलबीच १० दिनको अस्थायी युद्धविराममा सहमति भएको छ ।

डोनाल्ड ट्रम्पले बिहीबार यसको घोषणा गर्दै ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्तापछि यो उपलब्धि हासिल भएको बताएका छन् ।

यो युद्धविरामलाई दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’का रूपमा लिइएको छ । यो अवधिमा सहमति उल्लंघन नभए स्थायी शान्तिको सम्भावना खुल्न सक्ने संकेत गरिएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जोसेफ औन र बेन्जामिन नेतन्याहुसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै “यो मेरो १०औँ युद्ध समाधान हुनेछ” भन्ने दाबी गरेका छन् ।

यो युद्धविराम बिहीबार रातिदेखि लागू भएको जनाइएको छ । यसअघि वासिङ्टन डीसीमा दुवै देशका प्रतिनिधिबीच वार्ता भएको थियो, जसलाई सन् १९८३ पछिको पहिलो महत्वपूर्ण प्रत्यक्ष संवाद मानिएको छ ।

ट्रम्पले दुवै देशका नेताहरूलाई ह्वाइट हाउसमा निमन्त्रणा गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।

लेबनानका राष्ट्रपति औनले ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रीय स्थायित्वका लागि प्रयास जारी रहने बताएका छन् । उनले दीर्घकालीन शान्तिका लागि पहल जारी राख्ने बताएका छन् ।

लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्वक हतियार त्याग्न मनाउने प्रयास भइरहेको जनाएको छ ।

यता हिजबुल्लाहका नेता हसन फदलल्लाहले इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्ने वा नरोक्ने अवस्थाका आधारमा आगामी कदम तय गरिने बताएका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय