२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

सभामुख डीपी अर्यालले संसद्मा पारदर्शिता बढाउने र पहुँच सहज बनाउने विषयमा आफू गम्भीर रहेको बताएका छन्। पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले संसदीय गतिविधि तथा समितिहरूमा सञ्चारकर्मीको पहुँच सहज बनाउने दिशामा काम भइरहेको जानकारी दिए।

सभामुख अर्यालले आफू सजिलै सम्पर्कमा रहने व्यक्ति भएको उल्लेख गर्दै सञ्चारकर्मीले गर्ने धेरैजसो फोन आफूले उठाउने गरेको बताए।

हाल प्रयोगमा रहेको अस्थायी संसद् भवनका कारण प्राविधिक र व्यवस्थापकीय चुनौतीहरू देखिएको स्वीकार गर्दै उनले ती समस्या क्रमशः समाधान गरिने बताए। राष्ट्रपति आगमनजस्ता उच्चस्तरीय कार्यक्रमका बेला पनि संरचनागत सीमितताले असहजता निम्त्याएको उनको भनाइ थियो।

पत्रकारका लागि पास, कार्ड र रिपोर्टिङ पहुँचका विषयलाई सन्तुलित रूपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता उनले औँल्याए। कुनै पनि समूहले विभेद भएको अनुभूति नगर्ने गरी नीति बनाइनुपर्नेमा उनले जोड दिए।

प्रतिनिधि सभा नियमावलीको मस्यौदा तयार भइरहेको जानकारी दिँदै उनले यसको निर्माण प्रक्रियामा सबैको सहभागिता र जानकारी आवश्यक रहेको बताए।

सभामुख अर्यालले लोकतन्त्रको आधार अभिव्यक्ति स्वतन्त्रता भएको उल्लेख गर्दै कानुन र संविधानको सीमाभित्र रहेर सबैले आफ्ना धारणा राख्न पाउने स्पष्ट पारे।

उनले विगतका केही अभ्यास समयअनुकूल नहुन सक्ने भन्दै नयाँ पुस्ता, प्रविधि र वर्तमान सामाजिक संरचनाअनुसार नयाँ अभ्यास स्थापित गर्नुपर्ने बताए।

संसदीय समितिहरूलाई बन्द नगरी खुला र पारदर्शी रूपमा सञ्चालन गर्नुपर्ने अपेक्षा आफूले राखेको उनले बताए। साथै, आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी पनि दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय