२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शुक्रबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। यससँगै आर्मीले तेस्रोपटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो। जवाफमा आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोड्दै लक्ष्य पूरा गर्‍यो। आर्मीले ९३ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पार्‍यो।

सुदूरपश्चिमको सुरुवात कमजोर रह्यो। टोलीले ११ ओभरभित्रै ३१ रन बनाउँदा शीर्ष पाँच विकेट गुमाएको थियो। किरण ठगुन्नाले ३५ रन र नारायण जोशीले २९ रन जोड्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।

अशोक धामीले ४६ बलमा सर्वाधिक ४३ रन बनाए भने हेमन्त धामीले १६ रन जोडे। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

आर्मीका लागि आकाश चन्द र शाहब आलमले समान ३–३ विकेट लिए भने बसिर अहमदले २ विकेट झारे।

लक्ष्य पछ्याउने क्रममा आर्मीका त्रितराज दासले ३१ रन बनाए। कप्तान विनोद भण्डारी २० रनमा आउट भए भने भीम कार्की ४ रनमै फर्किए। कुशल मल्लले १७ रन जोडे। इमरान शेखले ४६ र बसिर अहमदले ४५ रनको महत्वपूर्ण योगदान दिए।

सुदूरपश्चिमका लागि हेमन्त धामीले २ विकेट लिए भने विकास आगरी, शेर मल्ल र अशोक धामीले १–१ विकेट लिए।

यसअघि आर्मीले २०७४ र २०७८ मा पनि उपाधि जितेको थियो।

उपाधि विजेता आर्मीले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिमले ५ लाख रुपैयाँ पाएको छ।

व्यक्तिगत पुरस्कारतर्फ :

इमर्जिङ प्लेयर: आशिक बैठा (मधेश प्रदेश) – ५० हजार नगद र ट्रफी

उत्कृष्ट बलर: हेमन्त धामी (सुदूरपश्चिम) – १० इनिङ्समा २७ विकेट

उत्कृष्ट ब्याटर: अर्जुन कुमाल (गण्डकी प्रदेश) – ९ इनिङ्समा दुई शतकसहित ५०४ रन

प्लेयर अफ द टुर्नामेन्ट: सन्तोष यादव (लुम्बिनी प्रदेश) – ९ इनिङ्समा २१ विकेट र २६५ रन

उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र प्लेयर अफ द टुर्नामेन्ट घोषित खेलाडीहरूले ट्रफीसँगै एक–एक मोटरसाइकल समेत प्राप्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय