
नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागत बढेको भन्दै मूल्य समायोजन गर्ने तयारी गरेको छ। महासंघले आफ्ना सदस्य उद्योगहरूलाई मूल्य बढाउन आवश्यक पहल गर्न आग्रह गरेको हो।
महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा पानी उत्पादनमा प्रयोग हुने कच्चापदार्थको मूल्य उल्लेख्य रूपमा बढेको जनाइएको छ। बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्यापजस्ता सामग्रीको मूल्य करिब ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको उल्लेख गरिएको छ।
त्यसैगरी डिजेल तथा पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्चमा पनि उल्लेखनीय वृद्धि भएको महासंघले जनाएको छ। यी कारणहरूले उद्योग सञ्चालनको लागत असामान्य रूपमा बढेको विज्ञप्तिमा उल्लेख छ।
महासंघका अनुसार पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिले पनि कच्चापदार्थको आपूर्ति प्रणालीमा असर पारेको छ। इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वात्मक अवस्थाका कारण विश्व बजार, आपूर्ति श्रृंखला र ढुवानी क्षेत्रमा प्रभाव परेको र त्यसको असर नेपालका पानी उद्योगमा समेत परेको जनाइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
