२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अब विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने भएको छ।

शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरूको बैठकले यस्तो निर्णय गरेको हो। निर्णयअनुसार विद्यार्थीले रिजल्ट आएको दुई हप्ताभित्र आफ्नो ट्रान्सक्रिप्ट प्राप्त गर्न सक्नेछन्।

परीक्षाफल प्रकाशनलाई व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन विश्वविद्यालयहरूले परीक्षा नियन्त्रण कार्यालयमार्फत नतिजा पोर्टल निर्माण गर्ने निर्णय पनि गरेका छन्।

त्यस्तै, उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा समिति गठन गरिने भएको छ। उक्त समितिले १५ दिनभित्र सुधारिएको क्यालेन्डर तयार पार्नेछ।

विद्यार्थीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले शैक्षिक प्रमाणपत्रहरू डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था पनि गरिने भएको छ। विश्वविद्यालयहरूले आफ्नो एप तथा पोर्टल तयार गरी नागरिक एपसँग जोड्ने काम १५ दिनभित्र पूरा गर्ने निर्णय गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय