२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट प्राथमिकता निर्धारणका लागि जनस्तरबाट सुझाव संकलन गर्न सूचना प्रकाशित गरेका छन्।

उनले आफ्नो निर्वाचन क्षेत्रमा आवश्यक विकास योजना तथा सेवाका विषयमा वास्तविक आवश्यकता पहिचान गर्न नागरिकलाई प्रत्यक्ष सहभागिताका लागि आह्वान गरेका हुन्।

कार्कीको सचिवालयको सम्पर्क सचिव सृष्टि गौतमका अनुसार जानकारी तथा छलफलका लागि तोकिएको सम्पर्क व्यक्तिसँग सम्पर्क नं. ९८१६७९४३९४ मा सम्पर्क  गर्न, वा सोहि फोन नम्बरमा  ह्वाट्सएपमार्फत विवरण पठाउन तथा आवश्यक कागजात र फाइलहरू समेत पठाउन सकिने साथै सुझाव इमेलमार्फत पनि पठाउन आग्रह गरिएको छ।

सुझाव पठाउँदा आफ्नो नाम, थर र बसोबासको गाउँ वा टोल, प्राथमिकता दिनुपर्ने विकास कार्य वा सेवा, हालको समस्या र त्यसको असर, सम्भावित समाधान तथा सम्पर्क नम्बर उल्लेख गर्नुपर्ने जनाइएको छ।

सुझाव पठाउने अन्तिम मिति वैशाख ९ गते दिउँसो १२ बजेसम्म तोकिएको छ।

यसका लागि सम्पर्क व्यक्तिका रूपमा निर्वाचन क्षेत्रीय विभाग संयोजक सागर पौडेल तोकिएका छन्।

यसैबीच, झन्डै दुई तिहाइ बहुमतसहित सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ, जसलाई व्यापक चासोका साथ हेरिएको छ।

संविधानअनुसार सरकारलाई वार्षिक र पूरक गरी दुई प्रकारका बजेट ल्याउने व्यवस्था गरिएको छ।

संविधानको धारा ११९ मा प्रत्येक आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्मा पेश गर्नुपर्ने उल्लेख छ भने धारा १२१ अनुसार आवश्यक परेमा पूरक बजेट ल्याउन सक्ने प्रावधान रहेको छ।

पूरक बजेट विशेष परिस्थितिमा मात्र ल्याइने व्यवस्था रहेको छ, जसअन्तर्गत वार्षिक बजेटमा समावेश कार्यक्रम, स्रोत र खर्चमा परिवर्तन गर्न वा नयाँ कार्यक्रम थप्नुपर्ने अवस्था भएमा मात्र प्रयोग गरिन्छ।

 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय