२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

संयुक्त अरब इमिरेट्स (युएई) जान लागेका नेपाली नागरिकको राहदानीमा गैरकानुनी रूपमा शर्त उल्लेख गरिएको भेटिएपछि दुई जना अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।

अध्यागमन विभागले प्रचलित कानुन र विभागीय नीतिविपरीत काम गरेको ठहर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ती अधिकृतहरूलाई जिम्मेवारीमुक्त गरी छानबिन प्रक्रिया अघि बढाएको हो।

केही नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्णतया निषेध गरिएको’ भन्ने बेहोरा लेखिएको पाइएपछि विभागले तत्काल कदम चालेको जनाएको छ।

अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार नेपाली नागरिकलाई कुनै पनि शर्त तोकेर प्रस्थान अनुमति दिने नीति वा निर्णय विभागमा छैन।

उनले विभागीय निर्णय र कानुनबाहिर गएर यस्ता अभ्यास गर्ने कर्मचारीलाई विमानस्थलको जिम्मेवारीबाट हटाइएको जानकारी दिए।

यस घटनाबारे विस्तृत छानबिन गर्न विभागले समिति गठन गरेको छ र अध्ययन प्रक्रिया जारी रहेको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय