२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

प्रतिनिधिसभामा अब प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था गरिने भएको छ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आज सभामुख डीपी अर्याललाई बुझाएको मस्यौदामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था समावेश गरिएको छ।

मस्यौदाअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि हरेक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकमा एक घण्टा समय छुट्याइनेछ। उक्त दिन कुनै कारणले बैठक बस्न नसकेमा त्यसपछि बस्ने पहिलो बैठकको पहिलो एक घण्टा यही प्रयोजनका लागि निर्धारण गरिनेछ।

प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल सदनमै दिनुपर्ने व्यवस्था मस्यौदामा उल्लेख गरिएको छ। प्रधानमन्त्री बनेपछि हालसम्म प्रधानमन्त्री बालेन शाहले संसदमा सम्बोधन नगरेको पनि उल्लेख छ।

नयाँ नियमावली कार्यान्वयनमा आएपछि सांसदहरूले उठाउने प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री नियमित रूपमा संसदमा उपस्थित हुनुपर्ने व्यवस्था हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय