२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

गृहमन्त्री सुधन गुरुङको राजीनामापछि गृह मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ। हालका लागि मन्त्रालय प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहने भएको छ।

हामीले सम्पर्क गरेका एक रास्वपा नेताका अनुसार गृहमन्त्री गुरुङको नाम जोडिएको विवादबारे छानबिन समिति गठन हुने तयारी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनभित्रै समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यादेश (टीओआर) दिने तयारी गरेका उनले बताए ।

उनका अनुसार तत्काल नयाँ गृहमन्त्री नियुक्त हुने सम्भावना छैन। “अहिलेको अवस्थामा कुनै नयाँ नियुक्ति हुँदैन, पहिले छानबिनको निष्कर्ष हेर्ने तयारी छ,”

छानबिन समितिले गृहमन्त्रीसँग जोडिएको सेयर लगानी, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा र पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको सम्बन्धबारे विस्तृत अध्ययन गर्ने बताइएको छ।

गुरुङले राजीनामा घोषणा गर्दै आफूविरुद्ध उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको र निष्पक्ष छानबिनमा सहयोग गर्ने बताएका छन्। उनले पदमा रहँदा स्वार्थको द्वन्द्व देखिन सक्ने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन्।

“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो,” उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको हुँ।”

गुरुङको लिभर्टी र क्रेस्ट लघुबिमा कम्पनीमा व्यवसायी दीपक भट्टसँग करिब ३७ लाख ५० हजार रुपैयाँ बराबरको लगानी रहेको विवरण सार्वजनिक भएपछि उनी विवादमा परेका थिए। त्यसपछि राजीनामाको दबाब बढेको थियो।

हाल गृह मन्त्रालयको भविष्य र नयाँ नेतृत्वबारे औपचारिक निर्णय भने भइसकेको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय