२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुमवासी बस्ती हटाउन सुरक्षा निकायलाई दिएको निर्देशनप्रति जेनजी अगुवा रक्षा बमले कडा विरोध जनाएकी छन्।

बुधबार सार्वजनिक प्रतिक्रियामा उनले प्रधानमन्त्रीको उक्त कदमलाई ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’को संज्ञा दिएकी छन्।

प्रधानमन्त्री शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएका थिए। सोही विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले यस्तो टिप्पणी गरेकी हुन्।

उनले लेखेकी छन्, “बालेन, तपाईंले जानेकै यत्ति हो ? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो।” साथै उनले रास्वपाको चुनावी वाचापत्र पनि स्मरण गर्न सुझाव दिएकी छन्।

यसअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्ती हटाउने विषयमा विरोध जनाउँदै ‘डोजर चलाउने भए आफ्नो छातीमाथि चलाउन’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

प्रधानमन्त्री शाहले २१ फागुनको चुनावका क्रममा सुकुमवासी समस्या एक हजार दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। तर पछिल्लो निर्देशनले त्यसै विषयमा नयाँ बहस सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि आफैं सम्हालिरहेका प्रधानमन्त्री शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गर्दै काठमाडौं उपत्यकाबाट सुकुमवासी बस्ती हटाउने प्रक्रिया सुरु गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि उनले सुकुमवासी बस्ती हटाउने प्रयास गरेका थिए। तर स्थानीयको विरोधका कारण त्यो प्रयास सफल हुन सकेको थिएन।

प्रधानमन्त्री बनेपछि उनले पुनः सोही विषयलाई अघि बढाएका हुन्, जसले अहिले फेरि बहस र विवाद उत्पन्न गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय