२०८३ बैशाख ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विपिन जोशीको परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय | सुकुम्बासी विस्थापनमा एमालेको आपत्ति, ‘जबर्जस्ती अन्तिम विकल्प होइन’ | नेपाली क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन्। उनी आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ।मोटरसाइकल दुर्घटनामा घाइते | एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त | कच्चा पदार्थ अभावले हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द | कृषिमन्त्री चौधरीको आश्वासन : वर्षे खेतीका लागि पर्याप्त मल मौज्दात | चार दिनपछि नेप्सेमा सामान्य सुधार | सरकार र सुकुमवासीबीच तनाव बढ्ने संकेत बस्ती हटाउन २० डोजर र १५ हजार प्रहरी | अधिवेशन रोकिएपछि कांग्रेस महामन्त्री प्रदीप पौडेलको शंका: अध्यादेश ल्याउने तयारी त होइन ? | लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण |

नेकपा एमालेले बागमती किनारका सुकुम्बासी बस्ती हटाउने सरकारको तयारीप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीले जबर्जस्ती विस्थापन कुनै पनि हालतमा अन्तिम विकल्प हुन नसक्ने स्पष्ट पारेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा प्रभावित समुदायसँग पूर्वपरामर्श, वैकल्पिक आवासको सुनिश्चितता, क्षतिपूर्ति, पुनर्वास र पुनर्स्थापनाको व्यवस्था नगरी बल प्रयोग गर्नु उपयुक्त नहुने उल्लेख गरिएको छ ।

एमालेले सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको जटिल विषय भएको भन्दै बलपूर्वक हटाउने उपाय दिगो र न्यायोचित समाधान हुन नसक्ने ठहर गरेको छ ।

विज्ञप्तिमा राज्यका एकपक्षीय निर्णय, बल प्रयोग र संवादविहीन प्रक्रिया मानवीय र कानुनी दुवै दृष्टिले आपत्तिजनक भएको उल्लेख छ । साथै, यस्तो कदमले मौलिक अधिकार, सामाजिक न्याय र अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डको उल्लंघन गरेको दाबी गरिएको छ ।

एमालेले राष्ट्रिय भूमि आयोगमार्फत सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अघि बढाउने विषयलाई स्मरण गराउँदै दीर्घकालीन समाधानका लागि त्यही मार्ग अवलम्बन गर्न आग्रह गरेको छ ।

पार्टीले सरकारलाई बल प्रयोगको नीति रोक्न, प्रभावित समुदायसँग संवाद गर्न र वैज्ञानिक भूमि सुधारसहित सुकुम्बासी व्यवस्थापन नीति कार्यान्वयन गर्न माग गरेको छ । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर मानवीय र न्यायोचित समाधान खोज्नुपर्नेमा जोड दिइएको छ ।

एमालेले सामाजिक न्याय, समानता र जनअधिकारको पक्षमा आफू सधैं उभिने प्रतिबद्धता दोहोर्याउँदै सुकुम्बासी समुदायमाथि अन्याय हुने कुनै पनि कदमको सशक्त विरोध गर्ने जनाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय