२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको नेतृत्वलाई शासनकर्ता होइन, सहजकर्ताको भूमिकामा रहन सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारलाई विधि र प्रक्रियामार्फत देशमा थिति बसाल्ने जिम्मेवारी रहेको स्मरण गराएका छन् ।

अर्यालले लेखेका छन्, “विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको हो । शासनकर्ता होइन, सहजकर्ताको भाव राखौँ । शास्त्र भन्छ– मानवजीवात्मा पनि परमात्माकै अंश हो ।”

यसअघि पनि उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै ‘रुल अफ ल’ र ‘रुल बाई ल’बीच फरक रहेको विषय उठाएका थिए ।

उनले त्यसबेला लेखेका थिए, “रुल अफ ल र रुल बाई लबीच तात्त्विक फरक छ । सुशासनको जग बसाल्न रुल अफ लको जगेर्ना गरौँ । दिशाबोध होस्, तत्त्वबोध पनि होस् ।”

अर्यालले दोहोर्‍याएर दिएको यस सुझावलाई सरकारको कार्यशैलीप्रति गरिएको संकेतपूर्ण टिप्पणीका रूपमा हेरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय