२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा ओमानले नेपालसामु ३०६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३०५ रन बनाएको हो ।

ओमानका कप्तान तथा ओपनर जतिन्दर सिंहले उत्कृष्ट प्रदर्शन गर्दै १३० रनको शतकिय इनिङ खेले । उनले ९६ बलमा १५ चौका र पाँच छक्का प्रहार गरे । जतिन रामानन्दीले ४३ रन जोडे भने आयर्न विस्टले ३५ रन बनाए । हम्माद मिर्जाले ३० रन बनाउँदा आशिष ओदेडारा र विनायक शुक्लाले समान २३ रन योगदान गरे । वसिम अली १२ रनमा अविजित रहे ।

ओमानका लागि पहिलो विकेटमा जतिन्दर र आशिषबीच ८० रनको साझेदारी भयो । तेस्रो विकेटका लागि जतिन्दर र हम्मादले ८१ रन जोडेका थिए ।

नेपालका सोमपाल कामीले सर्वाधिक चार विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट हात पारे ।

नेपाल यस श्रृंखलामा लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो । २१ खेल खेलेको नेपाल १४ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

ओमान भने श्रृंखलामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । पहिलो खेलमा ओमान यूएईसँग २५ रनले पराजित भएको थियो । २५ खेलबाट २९ अंक जोडेको ओमान हाल तालिकाको तेस्रो स्थानमा छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय