२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल बार एसोसिएसनले सरकारले संसद्लाई छल्दै अध्यादेश सिफारिस गरेको भन्दै उक्त अध्यादेश फिर्ता लिन माग गरेको छ।

बुधबार जारी विज्ञप्तिमार्फत बारले अध्यादेशबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। बारका अनुसार अपवादका रूपमा सीमित समयका लागि प्रयोग गरिने अध्यादेशको अभ्यासलाई नियमित संसद् अधिवेशन आह्वान भइसकेपछि स्थगित गरेर अघि बढाइएको छ, जसले संसदीय प्रक्रियामाथि प्रश्न उठाएको छ।

बारले संसद् सञ्चालनको अवस्था हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु संविधानको मर्म र संसदीय अभ्यासविपरीत भएको बताएको छ। यसले स्वेच्छाचारिता बढाउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

बार महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा संविधानवादको मूल भावना विपरीत यस्ता कदम रहेको उल्लेख गरिएको छ। उक्त अध्यादेश तत्काल फिर्ता लिन सरकारसमक्ष आग्रह गरिएको छ।

साथै, जनप्रतिनिधिमूलक संस्था, संसदीय विधि र प्रक्रियालाई सधैं सम्मान गर्न पनि बारले सरकारलाई अनुरोध गरेको छ।

सरकारले वैशाख १४ गते संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल कानुन संशोधन र विश्वविद्यालयसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यही प्रक्रियाप्रति बारले गम्भीर सरोकार व्यक्त गरेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय