२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।

टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यस खेलका लागि नेपाली टोलीमा चार खेलाडी परिवर्तन गरेका छन्। अघिल्लो खेलमा रहेका ओपनर कुशल भुर्तेल र आशिफ शेखसँगै बसिर अहमद र करण केसी यसपटक बेन्चमा छन्।

उनीहरूको स्थानमा अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललित राजवंशीलाई प्लेइङ ११ मा समावेश गरिएको छ।

लामो समयपछि विनोद भण्डारीले सिनियर टोलीमा पुनरागमन गरेका छन् भने अर्जुन कुमालले प्लेइङ ११ मा स्थान बनाएसँगै डेब्यु गर्ने अवसर पाएका छन्।

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गरेको थियो। घरेलु टोली आजको खेल जित्दै लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ।

लिग–२ मा शीर्ष ६ भित्र रहँदै एकदिवसीय वरियता जोगाउन नेपाललाई जित आवश्यक रहेको छ।

यसअघि ओमानविरुद्धको खेल वर्षाले प्रभावित हुँदा नेपाल डीएलएस मेथडका आधारमा १०२ रनले पराजित भएको थियो।

आजको खेलमा नेपालले यूएईलाई हराउँदै सिरिजमा ४ अंक जोड्ने लक्ष्य लिएको छ भने यूएई पनि अघिल्लो हारको बदला लिने तयारीमा छ।

नेपालको प्लेइङ ११:
अर्जुन कुमाल, विनोद भण्डारी, भिम सार्की, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय