२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकमा पार्टीको नेतृत्व, कार्यविभाजन र पछिल्लो राजनीतिक अवस्थाबारे चर्को बहस भइरहेको छ ।

बैठकमा शीर्ष नेताहरूले मूल एजेन्डाभन्दा बाहिर गएर पार्टी नेतृत्वकै विषयमा धारणा राख्न थालेपछि एमालेभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको देखिएको छ । विशेषगरी अध्यक्ष ओलीमाथि नेतृत्व हस्तान्तरण गर्न दबाब बढ्दै गएको संकेत बैठकबाट देखिएको नेताहरू बताउँछन् ।

बैठकको पहिलो दिन पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ बाहेक अन्य चार उपाध्यक्षले अध्यक्ष ओलीलाई जिम्मेवारी हस्तान्तरण गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । त्यसपछि एमालेभित्रको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको हो ।

शनिबार बसेको बैठकमा महासचिव शंकर पोखरेलले समेत नेतृत्व परिवर्तन आवश्यक रहेको संकेत गरेपछि अध्यक्ष ओली थप दबाबमा परेको नेताहरूको भनाइ छ । उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र महासचिव पोखरेलजस्ता ओली निकट मानिएका नेताहरूले समेत फरक धारणा राखेपछि सचिवालय बैठकमा अध्यक्ष ओली कमजोर देखिएको विश्लेषण भइरहेको छ ।

यद्यपि अध्यक्ष ओलीले भने आफूविरुद्ध पार्टीलाई संकटमा पार्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । बैठकमा उनले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेका बेला नेतृत्वमाथि नै प्रश्न उठाउनु उचित नभएको बताएका स्रोतले जनाएको छ ।

शनिबारको बैठकमा माओवादी पृष्ठभूमिबाट आएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेतले मात्रै ओलीको पक्षमा खुलेर धारणा राखेका थिए । बाँकी अधिकांश नेताहरूले नेतृत्वमा नयाँ ढंगको सोच र व्यवस्थापन आवश्यक रहेको बताएका थिए ।

आज बस्ने बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले धारणा राख्ने कार्यसूची रहेको छ । त्यसपछि अध्यक्ष ओलीले अहिलेसम्म उठेका प्रश्न र टिप्पणीमाथि जवाफ दिने तयारी गरेका छन् ।

उपमहासचिव लेखराज भट्टका अनुसार सबै पदाधिकारीको धारणा आएपछि मात्रै बैठक प्रस्तावित एजेन्डातर्फ प्रवेश गर्नेछ । तर अहिलेको अवस्थाले बैठक अझै नेतृत्वकेन्द्रित बहसमै अल्झिने संकेत देखिएको छ ।

एमालेभित्र अध्यक्ष ओलीले सचिवालयमा आफू कमजोर देखिए पनि केन्द्रीय समितिमा भने अझै बहुमत समर्थन रहेको दाबी गर्दै आएका छन् । यही कारण बैठक केन्द्रीय समिति बैठक बोलाउने दिशातर्फ मोडिन सक्ने सम्भावना पनि नेताहरूले बताएका छन् ।

लगातारको बहस र बढ्दो दबाबबीच आजको बैठकलाई एमालेको आन्तरिक राजनीतिका लागि महत्त्वपूर्ण रूपमा हेरिएको छ । अध्यक्ष ओलीले दिने जवाफले पार्टीभित्रको शक्ति समीकरण कुन दिशामा जान्छ भन्ने स्पष्ट संकेत मिल्ने नेताहरूको बुझाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय