२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

रास्वपा सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारत सरकारको औपचारिक निमन्त्रणामा नै भ्रमण तय भएको रास्वपा स्रोतले जनाएको छ ।

रास्वपा गठनपश्चात नयाँ राजनीतिक परिस्थितिबीच नेपाल–भारत सम्बन्धमा उच्चस्तरीय भ्रमणहरू नियमित रूपमा हुन सकेका छैनन् । यसबीच भारतीय विदेश सचिवको नेपाल भ्रमण पनि स्थगित भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि रोकिएको हो ।

मन्त्री खनाल जेठ १८ गते नयाँ दिल्लीमा हुने ‘बिग क्याट अलाइन्स’ सम्मेलनमा सहभागी हुने तयारीमा थिए । तर उक्त सम्मेलन नै स्थगित भएपछि उनको भारत यात्रा पनि रद्द भएको हो ।

रास्वपा स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले सभापति लामिछानेलाई दुई दिनको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाएको हो । उनी पनि जेठ १८ कै आसपास भारत जाने तयारीमा रहेका छन् ।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नयाँ सरकार गठनपछि दुई देशबीचको सम्बन्ध केही चिसिएको चर्चा भइरहेका बेला यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

यसैबीच भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि औपचारिक भ्रमणको निम्तो दिएको थियो । तर अहिलेसम्म भ्रमणको मिति तय भइसकेको छैन ।

भारतीय पक्षले परम्परागत रूपमा नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै गराउने प्रयास गर्दै आएको छ । तर प्रधानमन्त्री शाह भने आवश्यकता र प्राथमिकताका आधारमा जुनसुकै देशमा पनि भ्रमण गर्न सकिने अवस्थामा रहेको बताइन्छ ।

यसअघि प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका लागि भारतीय पक्षले विदेश सचिवमार्फत नेपालमा कूटनीतिक संवाद अघि बढाउन खोजेको थियो । तर प्रधानमन्त्रीसँग उच्चस्तरीय भेट नहुने अवस्था देखिएपछि उक्त प्रयास रोकिएको बताइएको छ ।

प्रधानमन्त्री शाहले विदेशमन्त्रीभन्दा तल्लो स्तरका विदेशी प्रतिनिधिसँग अत्यावश्यक अवस्थामा बाहेक भेट नगर्ने प्रोटोकल बनाएको विषय पनि यसअघि सार्वजनिक भएको थियो ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय