२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथाबाट पेशी तोक्ने प्रणाली हटाउने तयारीप्रति गम्भीर आपत्ति जनाएका छन्।

काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोला प्रथा हटाएर प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणाली ल्याउन खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

अध्यक्ष मिश्रले गोला प्रथाले न्यायिक प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन सहयोग पुर्‍याएको उल्लेख गर्दै उक्त प्रणाली हटाइए न्यायपालिकामाथि राजनीतिक प्रभाव बढ्ने दाबी गरे। उनले प्रधानन्यायाधीशले प्रत्यक्ष रूपमा पेशी तोक्ने व्यवस्था न्यायालयको स्वतन्त्रताका लागि उचित नहुने बताए।

उनले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा प्रणाली हटाउने निर्णय गरिए नेपाल बार एशोसिएशन सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए। न्यायपालिकाको विश्वसनीयता कायम राख्न पारदर्शी प्रणालीलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै मिश्रले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाए। उनले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्री निकट व्यक्तिलाई नियुक्त गर्ने अभ्यास सुरु भएको टिप्पणी गर्दै यसले न्यायपालिकामाथि राजनीतिक प्रभाव बढाउने खतरा रहेको बताए।

उनले सरकारको आलोचना गर्ने व्यक्तिहरूमाथि सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट ‘झोले’को आरोप लगाउने प्रवृत्ति बढेको टिप्पणी पनि गरे। आलोचकलाई दबाबमा पार्न हजारौँ व्यक्तिलाई परिचालन गर्ने काम भइरहेको उनको आरोप थियो।

अध्यक्ष मिश्रले अहिले न्यायपालिका गम्भीर परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा कानून व्यवसायीहरूले आफ्नो विवेक र व्यावसायिक मर्यादा कायम राख्नुपर्ने बताए। न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनविश्वास जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय