२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालले भारतको भूमि अतिक्रमण गरेको भनिएको विषयमा तथ्य सार्वजनिक गर्न माग गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदै नेपालले भारतको भूमि कहाँ र कसरी अतिक्रमण गरेको हो भन्ने स्पष्ट पार्न आग्रह गरिन्।

उनले अहिलेसम्म नेपाली नागरिकले भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय मात्रै सुन्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले नयाँ बहस जन्माएको बताइन्।

सांसद तामाङले भनिन्, “प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु। किनकि सधैँभरि मलगायत हामी नेपालीहरूले भारतले मात्र अतिक्रमण गरेको तथ्य थाहा पाएका थियौँ। तर आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशको भूमि अतिक्रमण गरेका रहेछौँ।”

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पुष्टि तथ्य र प्रमाणका आधारमा गर्नुपर्ने बताइन्।

तामाङले नेपालले छिमेकी मुलुकको भूमि अतिक्रमण गरेको दाबी गरिएको हो भने त्यसबारे सरकार स्पष्ट हुनुपर्ने धारणा राखिन्।

प्रधानमन्त्री शाहको हालैको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा नेपाल–भारत सीमा सम्बन्धी विषय फेरि चर्चा र बहसको केन्द्रमा पुगेको छ। यही सन्दर्भमा सांसद तामाङले संसद्बाटै प्रधानमन्त्रीसँग सार्वजनिक रूपमा तथ्य प्रस्तुत गर्न माग गरेकी हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय