२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

औषधि व्यवस्था विभागले तोकिएको समयभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जनाएको छ।

विभागले आज सूचना जारी गर्दै औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्थाअनुसार निर्धारित अवधिभित्र नवीकरण नगरेका औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वतः खारेज हुने व्यवस्था कार्यान्वयन गरिएको स्पष्ट पारेको हो।

विभागका अनुसार ०८३ जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई तोकिएको समयभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची–९) स्वतः रद्द भएको छ। यसरी रद्द भएका औषधि पसलहरूको विस्तृत सूचीसमेत सार्वजनिक गरिएको विभागले जनाएको छ।

औषधि ऐनको दफा ११ को उपदफा (५) अनुसार तोकिएको समयमा नवीकरण नगरेका सबै प्रकारका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वतः अमान्य हुने व्यवस्था रहेको छ। साथै त्यस्तो निर्णयको जानकारी सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई उपलब्ध गराउनुपर्ने प्रावधान पनि रहेको छ।

विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था समयमै यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

त्यसैगरी औषधि बिक्री–वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुन र विभागीय निर्देशनको पूर्ण पालना गर्न पनि सबै पक्षलाई अनुरोध गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय