२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल | नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गर्दै पार्‍यो टी–२० सिरिज आफ्नो पक्षमा | जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै |

कास्की प्रहरीले पोखराको लेकसाइडका तीन स्पा सेन्टरबाट ८ जना बालबालिकाको उद्धार गरेको छ ।

स्पा सेन्टरहरुबाट १८ वर्ष भन्दा मुनिका ८ जना बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

स्पा सेन्टरमा बालबालिकाहरुलाई कममा लगाएको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले लेकसाइड क्षेत्रका स्पा सेन्टरमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा प्रहरीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट दुई तथा ईभेन्डर ब्यूटी एण्ड स्पाबाट चार जना बालिकाको उद्धार गरेको हो।

बाल श्रम ऐन, २०५६ विपरित जोखिम पूर्ण व्यवसायमा लगाएको पाइएकोले सो कार्यमा संलग्न स्पा सेन्टरहरुलाई आवश्यक कारबाहीको दायरामा ल्याएको प्रहरीको भनाई छ ।

उद्धार गरिएका बालिका र आवश्यक कारबाहीका लागि संलग्न स्पा सञ्चालकलाई श्रम तथा रोजगार कार्यालय, पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय