२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

फिफा विश्वकप फुटबलअन्तर्गत ब्राजिलले हाइटीमाथि सहज जित निकाल्दै समूह ‘सी’ को शीर्षस्थानमा उक्लिएको छ।

शनिबार बिहान नेपाली समयअनुसार अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

ब्राजिलको जितमा म्याथ्युस कुन्हा नायक बने। उनले दुई गोल गरे भने भिनियस जुनियरले एक गोल थपे।

कुन्हाले खेलको २३औँ मिनेटमा पहिलो गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि उनले ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

पहिलो हाफको इन्जुरी समयमा भिनियस जुनियरले अर्को गोल थपेपछि ब्राजिल ३–० को आरामदायी अवस्थामा पुगेको थियो।

दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। पहिलो हाफकै तीन गोल निर्णायक बन्दा ब्राजिलले महत्वपूर्ण तीन अंक हात पार्यो।

जारी विश्वकपमा ब्राजिलको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो।

हाइटीविरुद्धको जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्षस्थानमा उक्लिएको छ। विश्वकपको नकआउट यात्रालाई बलियो बनाउन ब्राजिलले महत्वपूर्ण नतिजा हात पारेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय