२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे फिफा विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

जारी फिफा विश्वकप २०२६ मा १० गोल थप्दै एम्बाप्पेले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन्।

एम्बाप्पेको विश्वकपमा कुल गोल संख्या अब २२ पुगेको छ। उनले २२ खेलमा २२ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। एम्बाप्पेले सन् २०१८ को विश्वकपमा ४ गोल, २०२२ मा ८ गोल र यस संस्करणमा १० गोल गरेका हुन्।

यस्तै, अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी पनि विश्वकप इतिहासमा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेस्सीले यस संस्करणमा ८ गोल थपेपछि उनको कुल विश्वकप गोल संख्या २१ पुगेको छ।

यसअघि १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोज अब तेस्रो स्थानमा झरेका छन्। ब्राजिलका रोनाल्डो १५ गोलसहित चौथो स्थानमा छन्।

इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले पनि यस विश्वकपमा ६ गोल थप्दै आफ्नो विश्वकप गोल संख्या १४ पुर्‍याएका छन्। उनी जर्मनीका गेर्ड मुलरसँग बराबरीमा पुगेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय