२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

लोकप्रिय नेपाली गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको संयुक्त साङ्गीतिक यात्रा ‘सोलफुल यु.एस.ए यात्रा’ आगामी अगस्टदेखि संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी सहरहरूमा आयोजना हुने भएको छ। मङ्गलवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।

‘ओनेस्ट रियल इस्टेट’ को प्रस्तुतीमा र ‘थ्री ई इन्टरटेन्मेन्ट’ को व्यवस्थापनमा हुन लागेको यो साङ्गीतिक यात्रा कोलम्बस (ओहायो), मियामी (फ्लोरिडा), ब्रानफोर्ड (कनेक्टिकट), एशबर्न (भर्जिनिया), ल्यान्कास्टर (पेन्सिलभेनिया) लगायतका अमेरिकी सहरहरूमा हुनेछ।

थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीका अनुसार, महेश र अस्मिताको अमेरिकाका विभिन्न सहरहरूमा राम्रो डिमान्ड रहेकोले यो टुर आयोजना गरिएको हो। नेपाली समुदायमा उनीहरूका गीतहरू निकै लोकप्रिय रहेकाले प्रत्यक्ष रूपमा गीत सुन्ने अवसर प्रदान गर्न यो सांगीतिक अभियान थालिएको उनले बताए।

महेश काफ्ले र अस्मिता अधिकारी दुवैले अमेरिका टुरको अवसरप्रति गहिरो उत्साह व्यक्त गरेका छन्। “अमेरिकामा रहेका नेपाली समुदायसँग प्रत्यक्ष संवाद र संगीत साटासाट गर्ने यो ठूलो अवसर हो,” महेशले भने। अस्मिताले पनि दर्शकहरूसँगको प्रत्यक्ष भेट र प्रस्तुतीले आफूहरूलाई थप ऊर्जा मिल्ने बताइन्।

उनीहरूका ‘लजावती झार’, ‘नाच फिरिरि’, ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरूले नेपाली संगीत बजारमा व्यापक लोकप्रियता कमाएका छन्।

थ्री ई इन्टरटेन्मेन्ट यसअघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा, इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्तजस्ता चर्चित कलाकारहरूका अमेरिका टुर सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

संगठनले सन् २०२२ देखि भर्जिनियामा “डिटिफेस्ट – दसैँ तिहार फेस्ट” जस्ता बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने २०१२, २०१३ र २०१७ मा आयोजित “ग्लोबल नेपाल फेस्ट” मार्फत नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा प्रवद्र्धन गर्ने उल्लेखनीय प्रयासहरू गरिसकेको छ।

‘सोलफुल यु.एस.ए यात्रा’ को तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। यो यात्राले अमेरिका बसोबास गर्ने नेपालीहरूलाई संगीतको माध्यमबाट देशप्रतिको माया र संस्कृति सँग जोड्ने विश्वास गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय